ad ad

समाज


नेपाल-भारत मैत्री संघद्वारा सुदूरपश्चिमलाई स्वास्थ्य सामग्री सहयोग

नेपाल-भारत मैत्री संघद्वारा सुदूरपश्चिमलाई स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
चैत २७, २०७६ बिहिबार १०:५९,

नेपाल भारत मानव विकास एवं मैत्री संघले सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीईसहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ।

सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाएकी खानेपानीमन्त्री बिना मगरलाई सहरी राज्यमन्त्री रामवीर मानन्धरसहित नेपाल भारत मानव विकास एवं मैत्री संघका पदाधिकारीहरुले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन्। स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन्।

सहरी विकास राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैलाई सहयोग गर्न आव्हान गरे। संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेकोले आफूहरुले सहयोग गरेको बताए। उनले सहयोग गरिएका सामग्रीहरुमा मास्क, सुकभर, क्याप्स, गगल्स, फेससिल, स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .