समाज


बनेपामा चालकको मृत्यु हुनेगरी स्कुटरलाई ठक्कर दिएर भागेका ड्राइभर धनुषाबाट पक्राउ

बनेपामा चालकको मृत्यु हुनेगरी स्कुटरलाई ठक्कर दिएर भागेका ड्राइभर धनुषाबाट पक्राउ

नेपालखबर
असार ११, २०८२ बुधबार ९:५३, काठमाडौँ

चार दिनअघि काभ्रेमा स्कुटर चालकलाई ठक्कर दिएर भागेका गाडीका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनापछि फरार रहेका २४ वर्षीय विपिन यादव धनुषाको जनकपुर उपमहानगरपालिका-२ बाट पक्राउ परेका हुन्। 

यादवले चलाएको ना.४ च ५९४५ नम्बरको योद्धा गाडीले यही असार ७ गते बनेपा नगरपालिमन- ७ गोदामचोक नजिकै ठक्कर दिँदा काभ्रेको तेमाल गाउँपालिका- १ घर भइ हाल बनेपा बसपार्क नजिक डेरा गरेर बस्ने ४५ वर्षीय ज्ञानध्वज तामाङको मृत्यु भएको थियो। 

यादवले चलाएको गाडीले बा.प्र.०२-०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएका थिए। उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि फरार रहेका यादवलाई लुकिछिपी बसेको अवस्थामा घटनाको तीन दिनपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई प्रहरीले जिल्ला अदालत काभ्रेबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad