समाज


टुसालमा एक युवकको हत्या, आरोपित चारजना पक्राउ

टुसालमा एक युवकको हत्या, आरोपित चारजना पक्राउ

नेपालखबर
असार ८, २०८२ आइतबार १७:४७, काठमाडौँ

काठमाडौँको टुसालमा एक जनाको हत्या भएको छ। बाराको निजगढ नगरपालिका ८ घर भएका ३२ वर्षका कृष्ण लामाको शुक्रबार राति हत्या भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

उनलाई मकवानपुर घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ५ टुसाल बस्ने विकास लामा लो को बहिनीको जन्म दिन मनाउन भन्दै लगेर हत्या गरेको प्रहरीको दाबी छ। 

असार ६ गते राति टुसाल स्थित विकास लामा लो को घरकोठामा लगी कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर घर भई जिल्ला काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा लो, बारा निजगढ नगरपालिका ७ घर भएका वर्ष २९ को सुगन्द लामा, यही नगरपालिकाको वडा नम्बर ५ घर भएका बर्ष १८ को सौगात क्षेत्री र मकवानपुर बकैया गाँउपालिका २ घर भएका वर्ष २३ का निसान जिम्भा रहेका छन्। 

उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीले आइतबार अदालतबाट पहिलो पटक ५ दिन म्याद लिएको छ। कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडी बढाएको एसपी बोहराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad