समाज


नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी

नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी

नेपालखबर
असार ८, २०८२ आइतबार ९:४, काठमाडौँ

काठमाडौँको नागर्जुनमा आगलागी भएको छ। 

नागार्जुन नगरपालिका वडा नम्बर- ३ बाफलमा राजेन्द्र उदासले सन्चालन गरेको मेडल तथा स्टिकर गोदाममा गएराति आगलागी भएको हो। 

विद्युत् सर्ट भएपछि गएराति करिब सवा तीन जबेदेखि सुरु भएको आगलागी डेढ घण्टाको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको लागि बालाजु औधोगिक क्षेत्रको दकमल र जुद्ध बारुण यन्त्र प्रयोग गरिएका थिए। 

सशस्त्र प्रहरि बल नम्बर १८ निलबारही गणबाट सहायक प्रहरी निरीक्षक निरकुमार कार्कीको कमाण्डमा ३५ जना प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad