समाज


राशिफल ८ असार : वृषको उपचार खर्च बढ्ने, मिथुनका रोकिएका काम पूरा हुने, तपाईँको के?

राशिफल ८ असार : वृषको उपचार खर्च बढ्ने, मिथुनका रोकिएका काम पूरा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार ८, २०८२ आइतबार ४:३६, काठमाडौँ

आज आइतबार, ८ असार​ २०८२ (२२ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। क्रियाकलापमा सहभागी हुन पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : स्वास्थ्यमा खर्च बढ्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : रोकिएका काम पूरा हुन सक्छ। नयाँ कामको थालनी हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट : भाग्यले विभिन्न अवसर जुराउनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ। मनखुसी र प्रसन्न पनि रहनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

सिंह : नयाँ काम सुरु गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कन्या : स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। लगानी डुब्ने भय छ अतः सचेत रहनुहोला। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ तर अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

तुला : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। प्रेम जीवन सफल हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक : धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक लगानी वा कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। सवारी साधन खरिद गर्ने योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यमा सरिक हुन सकिनेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ। प्रेमी सँगको सम्बन्ध यथावत रहनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। पुनर्मिलनको योग पनि रहेको छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध पनि राम्रै रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : महत्त्वपूर्ण कामको थालनी हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग पनि छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad