ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजका प्रमुख कार्यकारी निर्देशक एवं प्राचार्य डा घनश्याम प्रसाद साहले नेपालमै पहिलो पटक लेखा विषयमा ‘पोस्ट डक्टरल फेलो’ हासिल गरेका छन्।
साहले ‘क्यापिटल बजेटिङ प्राक्टिसेस इन नेपाल’ विषयमा भारतको श्रीनिवास विश्वविद्यालयबाट ‘पोस्ट डक्टरल फेलो’ हासिल गरेका हुन्। सो उपाधि विद्यावारिधी गरिसकेपछि विशेष अनुसन्धान वा खोजका लागि दिने गरिन्छ।
डा साहले पोष्ट डक्टरल फेलोको सन्दर्भमा आफूले नेपालमा पुँजी लगानीको अभ्यास, प्रक्रिया र अवस्था लगायतका विषयमा अनुसन्धान गरेको जानकारी दिए।
‘मैले नेपालको पुँजी प्रणाली, लगानीको अभ्यास र यसको समसामयिक अवस्थाबारे गहिरो अध्ययन र विश्लेषण गरेको छु,' उनले भने, 'लेखा सम्बन्धित विधामा नेपालमै पहिलोपटक यो उपाधि हासिल गरेकोमा म खुसी छु। यसले मलाई थप अनुसन्धान र ज्ञान निर्माणमा प्रेरणा दिएको छ।’
सर्लाही ब्रह्मपुरी ३ स्थायी घर भई हाल काठमाडौं उपत्यकामा प्राध्यापन र अनुसन्धान पेसामा सक्रिय डा साहका लेखा र वित्तीय व्यवस्थापनसम्बन्धी २१ भन्दा बढी अनुसन्धानात्मक प्रकाशनहरू प्रकाशित भइसकेका छन्।
Shares

प्रतिक्रिया