समाज


साउदीबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमण

साउदीबाट फर्किएका एक व्यक्तिमा मंकीपक्स संक्रमण

प्रतिनिधिमुलक तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १८:४१, काठमाडौँ

साउदी अरबबाट फर्किएका एक जनामा मंकीपक्स (एमपक्स) देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मंकीपक्स पुष्टि भएर काठमाडौँ बुढानिलकण्ठका एक व्यक्ति भर्ना भएका हुन्। 

एमपक्ससँग मिल्दोजुल्दो लक्षण र ज्वरो आएको उनको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा बुधबार पुष्टि भएको हो। 

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारले ती व्यक्तिलाई अहिले क्याबिनमा राखेर उपचार सुरु गरिएको जानकारी दिए।  उनका अनुसार ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ।  

यस बर्ष अस्पताल आएका ३ जनामा एमपक्स पुष्टि भएको अधिकारीको भनाइ छ। नेपाल पहिलो पटक २०८० असारमा एमपक्स पुष्टि भएको थियो। 

चिकित्सकका अनुसार यो रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ। यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनसअन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो।

एमपक्सले २०२२/२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको थियो। विभिन्न साना स्तनपाधारी जनावर (लोखर्के, बाँदर)बाट यो भाइरस सर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad