ad ad

समाज


बुधबार तीन थपिएसँगै कोरोना रेड जोनमा पर्नेको संख्या १८५ पुग्यो

बुधबार तीन थपिएसँगै कोरोना रेड जोनमा पर्नेको संख्या १८५ पुग्यो

नेपालखबर
चैत २६, २०७६ बुधबार ११:१६,

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट आएका र विभिन्न क्वारेन्टिनमा रहेका १२ हजार ६८ जनाले स्व-स्वास्थ्य मूल्यांकन दर्ता गरेका छन्।

मन्त्रालयले एपमार्फत विदेशबाट आइ विभिन्न क्वारेन्टिनमा बसेका, होम क्वारेन्टिनमा बसेका र सशंकास्पद व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुलाई आफूमा देखिएको लक्षणका आधारमा स्वमूल्यांकन दर्ता गर्न आग्रह गरेको थियो। उनीहरुले स्वास्थ्य मन्त्रालयले सत्तचालन गरेको वेभपेज र एप्समा आफ्नो स्वास्थ्य विवरण दर्ता गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म विदेशबाट आएका र क्वारेन्टिन र होम क्वारेन्टिनमा बसेको १२ हजार ६८ जनाले लक्षणका आधारमा स्वमूल्यांकन दर्ता गराएको बताए।

प्रवक्ता देवकोटाका अनुसार बुधबारमात्रै ८२९ जनाले स्वमूल्यांकन दर्ता गरेका थिए। त्यसमध्ये ३ जनालाई रेड जोनमा राखेको उनले जानकारी दिए। योसँगै रेड जोनमा पर्नेको संख्या १८५ पुगेको छ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९६५ जनाको र उपत्यका बाहिर ४०१ गरी २३६६ जनाको नमूना परीक्षण गरिएको छ। उनले मन्त्रालयले परीक्षणको दायरा बढाउँदै लगेको र बुधबार १८० वटा नमूना परीक्षण भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .