सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामग्री प्रकाशन गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशमराज पौडेल रहेका छन्।
पौडेलले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको प्रहरीको आरोप छ।
उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा नेपालगञ्ज–रूपैडियाबाट पक्राउ गरेको हो।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
यसअघि यस्तै आरोपमा प्रहरीले चर्चित टिकटकर रमा बस्नेतलाई पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया