भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ।
पछिल्लो समय भारतमा कोरोनाका कारण मृत्यु हुने एक १४ महिनाका नाबालक समेत भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
गुजरातको जामनगरमा भेन्टिलेटरमा राखिएका नाबालकको मंगलबार मृत्यु भएको हो। ती नाबालकको आमा र बुबामा भने कोरोनाको संक्रमण देखिएको छैन।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ३६० पुगेको छ।
विश्वभर कोरोना संक्रमित बढ्दै जाँदा भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
हाल विश्वभर १४ लाख ३३ हजार १२ कोरोना संक्रमित छन्। विश्वभर ८२ हजार १३६ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया