हाल कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ।
आज कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरि कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का वर्षासँगै हिमपातको पनि सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएकाे छ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
Shares

प्रतिक्रिया