समाज


वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी, दुई आरोपी पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी, दुई आरोपी पक्राउ

नेपालखबर
असार १, २०८२ आइतबार २०:४८, काठमाडौँ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ– ११ बस्ने ३५ वर्षीया दिपा शर्मा र झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को व्रिजेश सुवेदी रहेका छन्।

दिपा शर्माले क्यानडा पठाउने भन्दै पीडितसँग २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ। 

यस्तै, व्रिजेशले यूके पठाइदिने भनी २ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

रकम लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितहरूले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad