राजनीति


बालेन्द्रको व्यंग्यः बा रोनाल्डो भए पनि मिहिनेतचाहिँ गर्नैपर्छ

बालेन्द्रको व्यंग्यः बा रोनाल्डो भए पनि मिहिनेतचाहिँ गर्नैपर्छ

नेपालखबर
असार १, २०८२ आइतबार २१:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह फेरि सामाजिक सञ्जालमा सक्रिय भएका छन्। 

केही दिनयता सामाजिक सञ्जालमा खासै नदेखिएका शाहले आइतबार साँझ चर्चित फुटबल खेलाडी कृस्टिआनो रोनाल्डो र उनको छोराको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘बुवा कृस्टिआनो रोनाल्डो भए पनि, मिहिनेतचाहिँ गर्नुपर्छ!’

बालेन्द्रको यो व्यंग्य प्रधानमन्त्री केपी शर्मा ओली र उनका समर्थकहरूप्रति लक्षित हो भन्ने कुरा बुझ्न गाह्रो छैन। प्रधानमन्त्री ओलीलाई ‘बा’ सम्बोधन गर्नेहरूले सत्ता र शक्तिको दुरुपयोग गरिरहेको आरोप लाग्ने गरेको छ।

केही समयअघि काठमाडौँ महानगरपालिकामा मेयर बालेनले हाजिर हुन नदिएका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई जबर्जस्ती कार्यालय प्रवेश गराइएको थियो। जसमा उपप्रमुख सुनिता डंगोलले गुरागाईंको साथ दिएकी थिइन्। 

लगत्तै बालेन्द्रनिकट नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि कारबाही भएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओली र सरकारको चर्को आलोचना गर्दै आएका मेयर बालेन्द्र शाहले महानगरभित्रै आफूलाई असहयोग भएपछि भने खासै सक्रियता देखाएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad