समाज


काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

नेपालखबर
असार १, २०८२ आइतबार १७:३०, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ४ पासिकोटमा एक भारतीय नागरिक र नेपाली महिला मृत फेला परेका छन्। 

थ्री–स्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको साढे २ तले घरमा भारतको पञ्जाब चन्डिगढ घर भएका वर्ष अन्दाजी ५४ को परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका ६ घर भइ हाल सोही घरमा काम गरी बस्ने वर्ष अन्दाजी २८ कि अन्जना तामाङ मृत फेला परेका प्रहरीले जनाएको छ।

भारतीय नागरिक गिलले भाडामा लिएको उक्त घरको पहिलो तलाको बिचको कोठाभित्र अन्जना र गिल मृत अवस्थामा फेला परेको खबर पाएपछि तत्काल प्रहरी टोली पुगेको थियो। 

त्यसक्रममा अन्जना तामाङ उक्त कोठाको सोफा माथि मृत अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ। परमनारायण गिल उक्त कोठाको भुईंमा मृत अवस्थामा रहेकोमा उनको घाउचोट नदेखिएको र घटनास्थल नजिकै फलामको ह्यामर फेला पारेको थियो। 

जेठ ३० गते भएको उक्त घटनामा घटनास्थलमा सेल्फोस नामक विषादी समेत फेला परेको प्रहरीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad