समाज


बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

बिग्रेर रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, अर्का घाइते

फाइल तस्बिर


नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ११:२६, वीरगन्ज

पर्साको वीरगन्जमा आज रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्।

बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा सिर्सियाबाट डाईपोट तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षकै विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने   सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। 

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए। 

‘दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते भएका छन्। उनको चिन्ताजनक अवस्थामा नारायणी अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी लम्सालले नेपालखबरसँग भने। घाइते दुई युवककाे पनि साेही अस्तालमा मृत्यु भएकाे हाे।

दुर्घटनापछि ट्रक चालक फरार भएका छन्। उनको खोजी भइरहेको छ। तीव्र गतिको कारण अनियन्त्रित भएको तीनजना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी लम्सालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad