हिमालयन बैंकको सेयरधनी पाकिस्तानी हबिब बैंकले आफ्नो लगानी झिक्ने भएको छ।
नेपाल राष्ट्र बैंकबाट सेयर बिक्री गर्नका लागि स्वीकृति पाएसँगै सञ्चालक समितिले सेयर बिक्रीका लागि स्वीकृति दिएको थियो ।
हिमालनय बैंकमा हबिब बैंकको सेयर २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता छ। हबिब बैंकले उक्त सेयर प्रतिकित्ता १ सय १२ रुपैयाँ ८० पैसाका दरले बिक्री गरेर बैंकबाट बाहिरिन लागेको हो।
बैंकले हबिबको स्वामित्वमा रहेको सेयर पहिलोच चरणमा आफ्नै संस्थापक सेयरधनीहरुमा बिक्रीमा राख्नेछ। संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर खरिद नभएमा र बाँकी रहेमा बैंकले सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राख्ने जनाएको छ।
बैंकले ३५ दिनका लागि खरिद आवेदन माग गर्दै बैंकको हेरिटेज प्लाज कमलादीमा रहेको कानुन विभागमा निवेदन दिन भनेको हो ।
Shares

प्रतिक्रिया