समाज


आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम, १४ वटामा ‘एल्लो अलर्ट’

आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम, १४ वटामा ‘एल्लो अलर्ट’

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १०:३९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (जेठ ३०, शुक्रबार) पनि बाढीसम्बन्धी जानकारी तथा चेतावनी जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज राजधानी काठमाडौँ र ललितपुरसहित देशका ३३ जिल्लामा बाढीको जोखिम भएकाले होसियारी अपनाउन आवश्यक छ। 

महाशाखाको बुलेटिनअनुसार आज इलाम, धनकुटा, तेहथुम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौँ, मकवानपुर, उदयपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, कालीकोट, जुम्ला, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने नदी/खोलामा बहाव बढ्ने सक्ने सम्भावना देखिएको हो। 

यीमध्ये १४ जिल्लाका लागि भने महाशाखाले ‘एल्लो अलर्ट’ (पहेँलो रङ) दिएको छ। जसमा संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्ला छन्। 

पहेँलो रङको अर्थ सामान्यभन्दा माथि मध्यम जोखिम हो। 

यस्तै बाढी महाशाखाले आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको जानकारी दिएको छ। 

बाढीबारे विस्तृत जानकारी तल:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad