नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ।
काउन्सिलको परीक्षा समितिले आज सूचना जारी गर्दै आगामी साउन १५ र १५ गते हुने विशेष परीक्षाको अनलाइन आवेदन खुला गरेको जानकारी दिएको हो।
परीक्षामा सहभागी हुन चाहनेले यही जेठ ३१ गतेदेखि आगामी असार २९ गतेसम्म फारम भर्न सक्नेछन्।
असार ३० र ३१ गते भने विलम्ब शुल्क तिरेर फारम भर्न सकिने सूचनामा उल्लेख छ। अनलाइन बाहेक अन्य माध्यमबाट फारम बुझाउन नपाइने काउन्सिलले जनाएको छ।
हेर्नुहाेस् सूचना

123
Shares

प्रतिक्रिया