समाज


सिन्धुपाल्चोकमा बाढीमा बेपत्ता दुई जनाको परिचय खुल्यो

सिन्धुपाल्चोकमा बाढीमा बेपत्ता दुई जनाको परिचय खुल्यो

नेपालखबर
असार २२, २०७६ आइतबार ५:१२,

सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिकामा बाढीले बगाएका दुई जनाको परिचय खुलेको छ।

भोटेकोसी गाउँपािलका वडा नम्बर ५ मा निर्माणाधीन शिवश्री हाइड्रो पावरमा कार्यरत दुई कर्मचारीलाई शनिबार राति स्थानीय ह्याङ्ले खोलामा आएको बाढीले बेपत्ता बनाएको छ।

उनीहरू बाराका रामअवतार चौधरी र सुनसरी इटहरीका यादवप्रसाद काफ्ले रहेको खोजीमा जुटिरेहका बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रमुख यादव थापाले जानकारी दिए।

‘उनीहरूको आइडेन्टीफाई (परिचय खुलाउने) गर्ने डकुमेन्ट (प्रमाण/कागजात) त भेटिएको छैन,’ उनले भने, ‘तर उनीहरूका साथीले यही नाम र ठेगाना बताएका छन्।’

राति ८/९ बजेतिर खाना खाएर सुत्न जाने क्रममा उनीहरू बाढीमा बेपत्ता भएको उनीसँगै काम गर्नेहरूले बताएका छन्।

हाइड्रो पावरका कर्मचारी खाने र सुत्ने ठाउँ अलगअलग रहेको प्रहरी निरीक्षक थापाले बताए।

स्थानीयका अनुसार शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad