वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा स्वास्थ्य सामग्री पठाएका छन्। बस्नेतको सहयोग र पहलमा उक्त सामग्री जाजरकोट पठाइएको हो।
मन्त्री बस्नेतका स्वकीय सचिव मुक्तिराज बस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
जाजरकोट पठाइएका सामग्रीमा बेड १२ सेट, १ सय सेट गज, थर्मल गन १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७ सय, डिटोल साबुन (सोप) १ काटुन, ४ सय ५० थान ग्लोब्स र डिटोल लिक्विड र हेण्ड वास २ कार्टुन छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामग्री बुझेका थिए। उनले स्वास्थ्य सामग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोनाभाइरसका बिरामी जाँचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया