हङकङमा कीटाले सुरु गर्‍यो ड्रोनबाट खाना डेलिभरी

हङकङमा कीटाले सुरु गर्‍यो ड्रोनबाट खाना डेलिभरी

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १८:५७, हङकङ

हङकङको खाना डेलिभरी क्षेत्रमा शुक्रबारबाट एक इँट्टा थपिएको छ। एक प्रमुख प्रदायकले अर्डर डेलिभरीका लागि ड्रोन तैनाथ गरेसँगै खाद्य डेलिभरी क्षेत्रले एक फड्को मारेको हो। यो सँगै अब ग्राहकलाई पर्खाइको समय ह्वात्तै घट्ने भएको छ।

मुख्यभूमिको खाद्य डेलिभरी मेइटुआनको सहायक कम्पनी कीटाले ड्रोनद्वारा सेवा प्रदान गर्न लागेको हो। यो सेवाले साइन्स पार्कमा रहेका दुई फास्टफुड रेस्टुरेन्टबाट माओन सान प्रोमेनेडको ल्यान्डिङ जोनमा अर्डर डेलिभरी गर्नेछ।

यसपछि सहरका अन्य स्थानमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

‘सुरुमा साइन्स पार्क र माओन सानलाई छनोट गर्नुको मुख्य कारण यी क्षेत्र तुलनात्मक रूपमा कम जोखिमपूर्ण मानिने भएकोले हो,’ मेइटुआनका उपाध्यक्ष र कीटा ड्रोनका अध्यक्ष माओ यिनियनले भने।

यी दुई क्षेत्रलाई खाडीले छुट्याएकोले ड्रोन उडाउन अरूभन्दा कम जोखिमपूर्ण मानिन्छ। 

अप्रिलमा हङकङबाट डेलिभरु बाहिरिएपछि सहरमा रहेका दुई खाद्य डेलिभरी प्लेटफर्महरूमध्ये फुडपान्डासँगै कीटा पनि हो।

कीटाको यो नयाँ सेवामा ग्राहकहरूलाई डेलिभरी शुल्क हङकङ डलर ३० लाग्नेछ। माओन सान पार्कमा अर्डर पुर्‍याउन साइकललाई लाग्ने ४० मिनेट समयबाट ३५ मिनेट घटेर ड्रोनबाट भने जम्मा ५ मिनेटमा पुर्‍याउन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .