बिहीबार उद्धार अभ्यासको क्रममा सप्तकोसी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी वलका दुईजना गोताखोरको शुक्रबार बिहानैबाट खोजी कार्य सुरु भएको छ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका- १ स्थित सप्तकोसी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको क्रममा बिहीबार दुईजना सशस्त्र प्रहरी जवान नदीमा बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी वल नम्बर ६ गण सप्तरी दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिराहाकाे संयुक्त टोलीले बिहीबार संयुक्त अभ्यास गर्ने क्रममा दुई जवान बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो १५:१० बजेदेखि बेपत्ता नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद अभ्यासको क्रममा कोसीमा नदिमा बेपत्ता उनीहरुको त्यतिबेलैदेखि खोजी कार्य सुरु गरिए पनि फेला पार्न नसकिएको सशस्त्र प्रहरीले जनाएको छ।
शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपि विजय हमालको कमान्डमा चारजना गोताखोर सहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट बिपद् ब्यबस्थापन तालिम प्राप्तसहित डीएसपी बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरी वलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
२०६९ सालमा बंगलादेशबाट गोताखोर तालिम लिएका भण्डारी त्यसयता नेपालमा संचालित गोताखोर तालिमका प्रशिक्षक हुन्। उनले घटनास्थल, पानीको बहाब र अन्य कुरा स्थलगत नहेरी खोजी कार्यका विषयमा थप भन्न नसकिने बताएका छन्।
बिहीबार मनसुनजन्य बिपद् उद्दारको पूर्व तयारी स्वरुप गरिएको सिमुलेसन अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता भएका हुन्।
सशस्त्र प्रहरीले यस प्रकारका अभ्यास अहिले देश भरिनै गरिरहेको छ। सप्तकोसीमा बेपत्ता भएका दुवैले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसपछि उद्दारका लागि उनीहरु विभिन्न ठाउँमा खटिएकासमेत थिए।
तर उनीहरु गोताखोर प्रशिक्षक भने नभएका डीएसपी थापाले बताए। बिहीबार सप्तकोसीमा भएको पनि प्रशिक्षण नभइ ३/४ दिनको उद्दार अभ्यास भएको पनि उनले बताए।
बेपत्ताकाे खाेजी हुँदै गरेका थप तस्बिर




Shares

प्रतिक्रिया