समाज


काभ्रेमा गुडिरहेको टिपरमा एक्कासी आगलागी, चालकले भागेर जोगाए ज्यान

काभ्रेमा गुडिरहेको टिपरमा एक्कासी आगलागी, चालकले भागेर जोगाए ज्यान

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८२ बिहिबार १०:४५, काठमाडौँ

काभ्रेको पाँचखालमा एउटा टिपरमा आगलागी भएको छ।

पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा गएराति साढे १२ बजेतिर बा२क ६१२५ नम्बरको टिपरमा आफैँ अचानक आगलागी भएको हो।

बालुवा बोकेर गुडिरहेको टिपरको एक्कासी गति बढ्न थालेपछि चालक दोलखा घर भएका नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा एक्का आगलागी भएको प्रहरीले जनाएको छ।।

आगलागी राति साढे १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

आगलागी सुरु भएपछि दोलखाको कालिञ्चोक गाउँपालिका- ७ घर भएका २७ वर्षीय नवराज सिवाकोटीले भागेर ज्यान जोगाएका छन्। आगलागीबाट मानवीय क्षति भने भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad