समाज


बाढी महाशाखाले भन्यो: आज यी १५ जिल्लामा सतर्कता अपनाऔँ

बाढी महाशाखाले भन्यो: आज यी १५ जिल्लामा सतर्कता अपनाऔँ

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८२ बिहिबार ९:२७, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनझैँ आज (जेठ २२, बिहीबार) पनि मुलुकका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा जानकारी दिएको छ। 

बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज खासगरी १५ जिल्लामा बाढीबाट सजग रहन आवश्यक छ। 

सूचनामा भनिएको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सप्तरी, सिराहा, धनुषा, धनकुटा, सर्लाही, बारा, पर्सा, चितवन, कपिलवस्तु र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाव सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यस्तै बाढी महाशाखाले आगामी ३ दिन (शनिबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह रहने पुर्वानुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको उल्लेख गरेको छ। 

सूचनामा अगाडि भनिएको छ: कन्काई, कमला, बागमती र पूर्वी राप्ती मा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ। 

विस्तृत जानकारी:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad