वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२८ का ४६ वर्षीय प्रविन कुमार शाह र रोल्पाको त्रिवेणी नगरपालिका–४ का ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन्।
शाहले अल्बानिया पठाइदिने भन्दै एकजनाबाट १८ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
यस्तै, प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिने भन्दै ५ लाख रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ।
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएका उनीहरूलाई पीडितहरुले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया