समाज


वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ

नेपालखबर
जेठ १८, २०८२ आइतबार १५:३६, सुर्खेत

वीरेन्द्रनगरबाट जुवातास खेल्दै गरेका पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार राति वीरेन्द्रनगर नगरपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा दैलेखको भैरवी गाउँपालिका–२ स्थायी घर भइ सुर्खेतको वीरेन्द्रनर नगरपालिका–४ बस्ने ४० वर्षीय पदमबहादुर थापा, वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश बिष्ट, वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३९ वर्षीय धर्मराज थापा रहेका छन्। 

यस्तै, दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बस्ने ३१ वर्षीय ज्ञानेन्द्रबहादुर शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४६ वर्षीय कोशोर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रहरीका अनुसार शनिबार राती साढे नौ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–४ यरीचोक स्थितमा रहेको पंचकोशी ज्वाला रेष्टुरेन्ट एण्ड लजबाट पक्राउ गरिएको हो। 

प्रहरीले उनिहरुबाट ९३ हजार ९ सय नेपाली रुपैँया र दुई हजार भारतीय गरी ९७ हजार एकसय  रुपैँया र  तास ७ गड्डी तास समेत बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad