समाज


एआईजी शाह र ११ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

एआईजी शाह र ११ डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १७:२९, काठमाडौँ

प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले एआईजीमा बढुवा भएका सिद्धिविक्रम शाह र ११ जना डीआईजीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। 
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा शाहको पदोन्नती भएको थियो।

गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना बढुवा भएका थिए। 

प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री जिसी, दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्गलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad