नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो।
गएको चैतदेखि नै रानीपोखरी कार्यालयमा डीआईजी रिक्त रहेको छ। अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई खटाउने निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजी बढुवाको निर्णय गरेका हुन्।
बढुवाको निर्णयसँगै उनीहरूलाई शुक्रबार प्रहरी प्रत्रान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ। उनीहरूले नयाँ जिम्मेवारी पनि पाएका छन्।
नेपाल प्रहरीका ११ डीआईजी बढुवा, कसले कहाँ पाए जिम्मेवारी? (सूची)
भिजिट भिसाको सेटिङमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडेर आरोप लगाइएको छ। जुन विषयमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित माथि अनुसन्धान भइरहेको छ।गृहमन्त्रीले पनि राजीनामा दिनु पर्ने र छानविनको दायरामा ल्याउनु पर्ने माग उठिरहेका बेला यो मुद्दाको अनुसन्धान गरिरहेको अख्तियारकै प्रहरी प्रमुख परिवर्तन गरिएको हो।

Shares

प्रतिक्रिया