समाज


काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १४:०, काठमाडौँ

काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ। 

शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो। 

प्रहरी परिसर काठमाडौँका अनुसार महाँकालबाट सीतापाइलातर्फ आउँदै गरेको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो। 

उदयपुरको कटारी नगरपालिका-७ घर भएकी परियार नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएकी थिइन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad