समाज


नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍याे उद्धार

नारायणीमा फसेका नागरिककाे उद्धार गर्दै सशस्त्र प्रहरी


नेपालखबर
जेठ १६, २०८२ शुक्रबार १०:४७, काठमाडौँ

चितवनको नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 

भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको गोताखोरको सहायतामा सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने काममा खटिएका उनीहरु बाँध  फुट्दा बिहीबार बेलुका नदीको बीच भागको टापुमा फसेका थिए। 

२२ जना कामदार नदीको बीच भागमा फसेकोजानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। 

मानिसको उद्धार गरिए पनि एउटा टिपर भने नारायणीमा डुबेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad