पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा तथा हिमपात हुने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार साँझ) कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखी मध्यम वर्षा भइरहेको छ।
यसैगरी आज राति पनि कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो पनि कोसी प्रदेशका केही स्थान, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टा (शुक्रबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ: कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
आज रातिका लागि प्रदेशगत मौसम विवरण:

शुक्रबारका लागि सम्भावित वर्षा विवरण:

Shares

प्रतिक्रिया