कारोबार


चार मन्त्रालयलाई खर्ब रुपैयाँमाथिको बजेट, अरुले कति पाए?

चार मन्त्रालयलाई खर्ब रुपैयाँमाथिको बजेट, अरुले कति पाए?

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १८:४६, काठमाडौँ

सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ४ मन्त्रालयलाई खर्बमाथिको बजेट विनियोजन गरेको छ।

१९ खर्ब ६४ अर्ब रुपैयाँको कुल बजेटमा शिक्षा, गृह, भौतिक र सहरी विकास मन्त्रालयले खर्ब माथिको बजेट पाएका हुन्। 

यीमध्ये पनि सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ। 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेका छन्। जुन सबैभन्दा बढी हो। 

यसबाहेक गृह मन्त्रालयले पनि २ खर्ब ८ अर्ब ६२ करोड बजेट पाएको छ। 

अन्य दुई मन्त्रालयहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय  र सहरी विकास मन्त्रालयले पनि क्रमशः १ खर्ब ५१ करोड रुपैयाँ र १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बजेट पाएका छन्।

अन्य मन्त्रालयहरुले कति पाए? 
योबाहेक अर्थ मन्त्रालयले ४९ अर्ब ९० करोड रुपैयाँको बजेट पाउँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ८६ अर्ब, कानुन न्याय तथा संसदीय मन्त्रालयले ५३ करोड, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५७ अर्ब ४७ करोड पाएको छ। 

त्यसैगरी खानेपानी मन्त्रालयले ३३ अर्ब ८९ करोड र संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय १३ अर्ब २७ करोड रुपैयाँ बजेट पाएका छन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरकारले ९५ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गर्दा रक्षा मन्त्रालयलाई ६२ अर्ब ०१ करोड, वन तथा वातावरण मन्त्रालयले १८ अर्ब ६१ करोड पाएको छ। त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ अर्ब ८८ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ७ अर्ब ४९ करोड, परराष्ट्र मन्त्रालयले ७ अर्ब ८४ करोड बजेट पाएका छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ७ अर्ब ७१ करोड, श्रम, युवा तथा खेलकुद मन्त्रालयले ६ अर्ब ७ करोड, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २ अर्ब ८ करोड बजेट पाएका छन्। 

आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै बजेट पाउनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ भने सबैभन्दा कम बजेट पाउनेमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad