मुद्दाको टुंगो नलाग्दै बरामद भएको सुन फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिने जिल्ला अदालत मोरङका तहसिलदार हरिप्रसाद गुरागाईको २ ग्रेट रोक्का राख्ने निर्णय भएको छ।
उक्त पत्र कानुनीविपरीत देखिएपछि सर्वोच्च अदालत प्रशासनले उनीमाथि विभागीय कारबाही गरेको हो।
सर्वोच्च प्रशासनका अनुसार, आरोपीबाट बरामद भएको उक्त सुन मिसिलसाथ सबुदका रूपमा राखिएको थियो। मुद्दा टुंगो नलाग्दै फिर्ता दिने पत्र लेखेको तथ्य सतहमा आएपछि गत फागुन पहिलो साता उनलाई सर्वोच्चमा झिकाएर जाँचबुझ अघि बढाइएको थियो।
त्यसमा दोषी देखिएपछि न्याय सेवा आयोगको परामर्शमा उनको २ ग्रेड रोक्का राख्ने निर्णय भएको हो।
आयोगको जेठ २ गते बसेको बैठकले सर्वोच्च प्रशासनले प्रस्ताव गरेअनुसारै सजाय गर्न परामर्श दिने निर्णय गरेको थियो।
मुद्दाको टुंगो नलाग्दै सुन फिर्ता दिने आदेश गर्दा मोरङ अदालतका तहसिलदार सर्वोच्च तानिए
1.7k
Shares

प्रतिक्रिया