बजेट अभाव हुँदा चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ। सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ।
सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ। बाँकी भाग चिरा परेको छ। अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए।
चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो। वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो।
भासिएको ठाउँमा अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने अवस्था छ। सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ। गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उनले बताए।
Shares

प्रतिक्रिया