संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा तैनाथ नेपाली शान्ति सैनिक बदलिएका छन्।
त्यहाँ कार्यरत स्पेसल गार्ड युनिट अन्तर्गत भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फालाई बदली गर्नका लागि नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११६ जना शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी प्रकाश बहादुर सिंहको नेतृत्वमा जेठ १२ गते मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११४ जना नेपाली शान्ति सैनिकहरू सेनानी संजिवराज नेपालको नेतृत्वमा आज जेठ १३ गते स्वदेश फिर्ता भएका जंगी अड्डाले जनाएको छ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत छन्।
207
Shares

प्रतिक्रिया