ग्लोबल


आतंकवादी आक्रमण भएको पहलगाममा जम्मु-कश्मीर मन्त्रिपरिषद्को बैठक

आतंकवादी आक्रमण भएको पहलगाममा जम्मु-कश्मीर मन्त्रिपरिषद्को बैठक

पहलगाममा मंगलबार बसेको जम्मु-कश्मीर मन्त्रिपरिषद्को बैठक।


नेपालखबर
जेठ १३, २०८२ मंगलबार २०:१२, काठमाडौँ

एक महिनाअघि (अप्रिल २२) आतंकवादी हमला गरी २६ पर्यटकको हत्या गरिएकै स्थान पहलगाममा जम्मु-कश्मीर मन्त्रिपरिषद्को बैठक बसेको छ।  

जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

उनले जम्मु-कश्मीरका पर्यटकीय स्थलहरूको सुरक्षा लेखा परीक्षण गर्ने निर्णय भएको र लेखा परीक्षणपछि पर्यटकीय स्थल पुनः खोलिने बताए।

मुख्यमन्त्री अब्दुल्लाहले भने, ‘हामीले जम्मु वा श्रीनगरबाहिर कतै मन्त्रिपरिषद् बैठक आयोजना गरेको यो पहिलोपटक हो। यद्यपि यस बैठकमा सरकारले आफ्नो एजेन्डाअनुसार काम गर्‍यो, हामी सरकारी कामका लागि मात्र पहलगाम आएका छैनौँ।’

‘हामी यो देखाउन आएका छौँ कि हिंसा र रक्तपातको बाबजुद जम्मु-कश्मीरमा विकास, समृद्धि र जनताको प्रतिनिधित्व रोकिने छैन।’

उनले यो बैठकलाई कश्मीर र पहलगामका जनताको बहादुरी र एकतालाई धन्यवाद दिन तरिकाका रूपमा अर्थ्याए। 

मुख्यमन्त्री अब्दुल्लाहले थपे, ‘यस बैठकमार्फत हामी कश्मीरका जनता र विशेष गरी पहलगामका जनतालाई अप्रिल २२ मा भएको आक्रमणपछि देखाएको मनोवृत्ति, बहादुरी र एकताका लागि धन्यवाद दिन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad