समाज


दलितको अपमान हुने शब्द फेसबुकमा लेखेर फरार पत्रकार थापा पक्राउ

दलितको अपमान हुने शब्द फेसबुकमा लेखेर फरार पत्रकार थापा पक्राउ

पत्रकार शेरबहादुर थापा


नेपालखबर
जेठ १२, २०८२ सोमबार २०:५८, काठमाडौँ

जातीय भेदभाव तथा छुवाछुत आरोपमा सुर्खेतमा कार्यरत पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन्।

दैलेखको आठबीस नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेतमा बसेर पत्रकारिता गरिरहेका ३९ वर्षीय थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार पक्राउ गरेको हो।

गत वैशाख ११ मा जाहेरी परेपछि फरार थापालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुडथापाले जानकारी दिए।

उनका अनुसार थापालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।

पत्रकार थापाले गत वैशाख १० गते साँझ बलबहादुर थापा नामक फेसबुक अकाउन्टमा ‘पिठिउँपछि कुरा काट्ने काट्दै गर तर आफैँ गाउँमा बसेर समाजको काम गर, मन्दिरको भगवान् हैन तिमीहरूलाई पुज्छु’ भन्ने स्टाटसमा दलित समुदायलाई होच्याउने शब्द ‘डुमलाई नपाल्नु’ भन्ने टिप्पणी गरेका थिए।

यसपछि थापाविरुद्ध जातीय विभेदको कसुरमा जाहेरी परेको थियो। त्यसलगत्तै फरार थापालाई सोमबार पक्राउ गर्न प्रहरी सफल भएको हो। 

आरोपित थापा नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् भने लोकान्तर डटकम अनलाइनको कर्णाली प्रदेश संवाददाता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad