समाज


ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

नेपालखबर
जेठ १२, २०८२ सोमबार १९:३१, काठमाडौँ

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ फुल चोकमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ।

प्र०१–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्र०१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको थियो।

मृत्यु हुनेमा इनरूवा नगरपालिका–१० बस्ने २० वर्षीय सर्प राज अन्सारी र हरिनगरा गाउँपालिका–१ बस्ने २१ वर्षीय महजित अन्सारी रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तकोसी न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad