समाज


कैलाली भन्सार प्रमुखमाथि कुटपिटः नगर प्रहरी प्रमुखसहित चारजना पक्राउ

कैलाली भन्सार प्रमुखमाथि कुटपिटः नगर प्रहरी प्रमुखसहित चारजना पक्राउ

नेपालखबर
जेठ १२, २०८२ सोमबार १५:४६, कैलाली

कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुखमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुखसहित चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी, नगर प्रहरी हवल्दार मणिदत्त भट्ट, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र सवारी चालक रतन मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

प्रनाउ सिंहका अनुसार यही जेठ १० गते राति अन्दाजी ८ः०० बजेको समयमा त्रिनगर भन्सार कार्यालयको परिसरभित्र कार्यालय प्रमुख अनन्त तिमिल्सिनालाई धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीको कमान्डमा खटिगएको टोलीले अभद्र व्यवहार गरी कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad