जम्मु कस्मिरमा गएको २४ घण्टामा ९ आतंकवादी मारिएका छन्।
सुरक्षा बल र आतंकवादीबीच भएको बेग्लाबेग्लै भिडन्तमा आतंकवादीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
दक्षिण कस्मिरको बतपुरा इलाका र उत्तरी कस्मिरको केरान सेक्टरमा भारतीय सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो।
मारिएका एक आतंकवादीले एक सर्वसाधारणको हत्या गरेको बताइएको छ।
भारतीय सेनाका अनुसार आतंकवादीहरु खराम मौसमको मौका छोपी आक्रमणको प्रयास गरिरहेका छन्। एजेन्सी
3
Shares

प्रतिक्रिया