समाज


चीनले भन्योः कोरोना प्रकोपका बेला स्वास्थ्य सामग्री निर्यातमा कमी गर्दैनौं

चीनले भन्योः कोरोना प्रकोपका बेला स्वास्थ्य सामग्री निर्यातमा कमी गर्दैनौं

नेपालखबर
चैत २३, २०७६ आइतबार १०:१४,

कोरोना भाइरस ‘कोभिड १९’ को महामारीले विश्व त्रसित बनेको समयमा चीनले आफूले विभिन्न देशमा स्वास्थ्य सामग्री निर्यात गर्ने र निर्यातमा कमी नगर्ने बताएको हो।

‘कोरोना भाइरसको प्रकोप सुरुवाती चरणमा रहँदा विभिन्न देशले गरेको सहयोग हामीले कहिल्यै बिर्सनेछैनौं।’ आइतबार चीनको विदेश व्यापार विभागका निरीक्षक जियाङ फानले भने,‘यतिबेला घरेलु प्रकोपको समस्या टरेको छ, तर विश्वभर समस्या फैलिरहेको छ। हामी विभिन्न देशहरुलाई सहयोग गर्न इच्छुक छौं।’

कोरोना भाइरस ‘कोभिड १९’ को महामारीबीच चीनले हालसम्म बिभिन्न देशमा कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री निर्यात गरिसकेको छ।

हालसम्म चीनले ३ अर्ब ८६ करोड मास्क विदेश निर्यात गरेको पिपुल्स डेलीले जनाएको छ।

यस्तै चीनले ३ करोड ५२ लाख पीपीइ, २० लाख ४१ हजार इन्फ्रारेड थर्मोमिटर, १६ हजार भेन्टिलेटर, २० लाख ८४ हजार कोरोना परीक्षण किट र ८० लाख ४१ हजार विशेष चिकित्सकीय चश्मा विभिन्न देशमा निर्यात गरेको छ।

कोरोना भाइरसविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीको अभाव भइरहेको क्रममा चीनले विभिन्न देशलाई स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad