राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताएका छन्।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्यूनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरे।
‘यो भन्दा पहिला हामीले गरेका थिएनौँ,’ भट्टले भने, ‘यो नयाँ काम हामीले गरिरहेका छौँ। विपद्को समयमा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुन्छ। विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ। विपद्को बेलामा काम गर्ने जनशक्ति दक्ष भएन भने उद्धार गर्न जाने मान्छे खतरामा पर्छ।’
Shares

प्रतिक्रिया