कोरोना भाइरस ‘कोभिड १९’ का कारण अमेरिकामा हालसम्मकै बढी संख्यामा ज्यान गएको छ।
अमेरिकामा एकैदिन १३ सय ४४ जनाको मृत्यु भएको हो। यो संख्या अमेरिकामा दैनिक मृत्यु हुने दरको सबैभन्दा ठूलो संख्या हो।
यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ४५४ पुगेको छ। त्यहाँ संक्रमितको संख्या भने ३ लाख ११ हजार ६३७ पुगेको छ।
अमेरिका कोरोना संक्रमित सबैभन्दा बढी देखिएको राष्ट्र हो।
विश्वभर १२ लाख ३ हजार १ सय ८८ कोरोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृत्यु भइसकेको छ।
२ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
प्रतिक्रिया