समाज


अमेरिकाको कोरोना संक्रमित संख्या चीनमा भन्दा तेब्बर, मृतक संख्या दोब्बर

अमेरिकाको कोरोना संक्रमित संख्या चीनमा भन्दा तेब्बर, मृतक संख्या दोब्बर

नेपालखबर
चैत २३, २०७६ आइतबार ७:१६,

अमेरिकामा कोरोना भाइरस ‘कोभिड १९’ का कारण ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन्।

आइतबारसम्मको तथ्यांकअनुसार अमेरिकामा हालसम्म ३ लाख ११ हजार ६३७ जना संक्रमित छन्। त्यहाँ मृत्यु हुनेको संख्या ८ हजार ४५४ पुगिसकेको छ।

अमेरिकाको कोरोना संक्रमित र मृतक संख्या कोरोनाको उद्गमस्थल चीनमाभन्दा बढी हो। हालसम्म चीनमा ८१ हजार ६६९ जना संक्रमित छन्। त्यहाँ ३३ सुय २९ जनाको मृत्यु भइसकेको छ।

तथ्यांकलाई मध्यनजर गर्दा अमेरिकाको कोरोना संक्रमित चीनमाभन्दा तेब्बरले बढी हो भने मृतक संख्या दोब्बरले बढी हो।

विश्वभर १२ लाख ३ हजार १ सय ८८ कोरोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृत्यु भइसकेको छ।

२ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .