राप्रपाका पूर्व मुख्यसचिव, सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको ड्यालसमा आइतबार निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन्।
तत्कालीन राप्रपा नेपालमा मुख्य सचिव रहेका सुवेदी राप्रपाको पूर्व सहकोषाध्यक्ष समेत थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवानिवृत्त भएपछि राप्रपामा क्रियाशील थिए।
निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको नीजि सचिवालयमा रहेर काम गरेका थिए।
श्रेष्ठका अनुसार, उनका एक श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया