समाज


बनेपामा एटीएम मेसिन फोर्दै गर्दा एक जना पक्राउ

बनेपामा एटीएम मेसिन फोर्दै गर्दा एक जना पक्राउ

नेपालखबर
जेठ ८, २०८२ बिहिबार २०:४५, काठमाडौँ

काभ्रेपलान्चोकको बनेपामा एटीएम मेसिन फोर्दै गर्दा एक जना पक्राउ परेका छन्। 

बुधबार राति पौने १२ बजेतिर  बनेपा नगरपालिका ७ स्थित नविल बैंकको एटीएम मेसिन फोर्दै गरेको सूचना प्रहरीले पाएको थियो।

त्यसपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले एटिएम मेसिन फोर्दै गरेको अवस्थामा सिन्धुलीको घाङलेख गाउँपालिका ८ का ३० वर्षका बुद्धिलाल तामाङलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले हथौडा र रड पनि नियन्त्रणमा लिएको छ। तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेर प्रहरीले अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad