समाज


लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८२ बिहिबार १८:२७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

पर्यटन मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे गहन छलफल भएको थियो। 

मन्त्री पाण्डेले युनेस्कोको मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी गराउँदै, सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको बताए। साथै, लुम्बिनीलाई स्थायी रुपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको धारणा राखे।

युनेस्कोका प्रमुख डु टुइटले संस्थाको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै हालै सम्पन्न अन्तरराष्ट्रिय वैज्ञानिक समितिको बैठकमा लुम्बिनीसहित काठमाडौँका विषयमा सकारात्मक छलफल भएकामा सन्तोष व्यक्त गरे।

भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे। 

साथै, लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिबारे जानकारी गराए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad