प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन्।
‘बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा २ खर्ब १८ अर्ब रुपैयाँको निर्यात भएको छ। अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ’, प्रधानमन्त्री ओलीले भनेका छन्।
207
Shares

प्रतिक्रिया