ad ad

समाज


देशभरमा छन् ९२७८ व्यक्ति क्वारेन्टिनमा, ५४ बिरामी आइसोलेसनमा (सूचीसहित)

देशभरमा छन् ९२७८ व्यक्ति क्वारेन्टिनमा, ५४ बिरामी आइसोलेसनमा (सूचीसहित)

नेपालखबर
चैत २२, २०७६ शनिबार १३:३५,

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमण भएका व्यक्तिको संख्या बढ्दै गएको छ।

शनिबार एकै दिन ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कारोना संक्रमितको संख्या ९ पुगेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यससम्बन्धी परीक्षण तथा उपचार सेवा पनि देशव्यापी बनाउँदै लगेको छ। पहिले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षणको सुविधा थियो। अहिले सातै प्रदेशमा यो सेवा विस्तार भइसकेको सरकारले जनाएको छ।

साथै कोरोना संक्रमित एवं आशंका गरिएका बिरामीलाई राख्ने आइसोलेसन बेडसहितका अस्पताल पनि सातै प्रदेशका विभिन्न स्थानमा व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रूपमा निगरानी बढाएको छ। यसै क्रममा अहिले संक्रमित पहिचान, तिनका परिवार तथा सम्पर्क गरेका व्यक्तिको खोजी गरी १४ दिन क्वारेन्टिनमा राख्ने र तिनको नमुना (स्वाब) परीक्षण गर्ने सिलसिला सातै प्रदेशमा चलिरहेको छ।

सोहीबमोजिम शनिबारसम्म सातै प्रदेशमा गरी ९ हजार २ सय ७८ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

मन्त्रालयका अनुुसार सबैभन्दा बढी प्रदेश ५ मा २४ सय ९३ जना क्वारेन्टिनमा छन् भने यसपछि सुदूरपश्चिम प्रदेशमा २१ सय ४३ जनालाई क्वारेन्टिनमा राखिएको छ।

यसैगरी प्रदेश १ मा ५७१, प्रदेश २ मा ८९३, बागमती प्रदेशमा १३ सय ५, गण्डकी प्रदेशमा ११ सय ३१, कर्णाली प्रदेशमा ७४२ जनलाई क्वारेन्टिनमा राखिएको छ।

यसैगरी शनिबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमण आशंका गरिएका ५४ जनालाई आइसोलेसनमा राखिएको छ।

मन्त्रालयको वेबसाइटमा गरिएको अभिलेखअनुसार प्रदेश १ मा १०, प्रदेश २ मा १४ गण्डकी प्रदेशमा ८, प्रदेश ५ मा १५ र सुदूरपश्चिम प्रदेशमा ७ व्यक्तिलाई आइसोलेसनमा राखिएको छ। बागमती प्रदेश र कर्णाली प्रदेशमा भने आइसोलेसनमा कोही नरहेको मन्त्रालयको तथ्यांकमा छैन।

हेर्नुहाेस्, स्वास्थ्य मन्त्रालयले प्रदेशअनुसार दिएको कोरोना विवरणः

Screenshot 29

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .