ad ad

समाज


एकै दिन तीन जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडा बनाइने

एकै दिन तीन जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडा बनाइने

गोकुल जोशी
चैत २२, २०७६ शनिबार १३:२९,

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा एकै दिन तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि लकडाउनमा कडाइ गरिने भएको छ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन लकडाउनलाई प्रभावकारी र व्यवस्थित बनाइ कडाइका साथ लागू गर्ने प्रदेश सरकारले निर्णय गरेको छ। यस्तै लकडाउनको अवधिमा लम्ब्याउन संघ सरकारसँग माग समेत गरेको छ।

शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतमा बसेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले लकडाउनलाई प्रभावकारी र व्यवस्थित गर्दै कडाइका साथ लागू गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेशका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए।

शनिबार एकै दिन भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकै अर्की ३४ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ।

शनिबार बसेको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले भारत लगायत अन्य मुलुकबाट फर्किएर क्वारेन्टिनमा नबसेकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बसालेर व्यवस्थित गर्ने लगायतका निर्णय गरेको छ। अहिले नै आत्तिनुपर्ने स्थित नरहेको बताउँदै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले लकडाउनलाई सघाउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .